२०७६, साउन ०६ सोमबार

अफगास्तिानविरुद्व १५० रनको फराकिलो जित निकाल्दै इंग्ल्यान्ड शीर्ष स्थानमा

२०७६, असार ०४ बुधबार |

लन्डन-अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा आयोजक इंग्ल्यान्डले अफगास्तिानविरुद्व १५० रनको फराकिलो जित निकालेको हो ।

खेलमा ३९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४७ रनमात्र बनाउन सक्यो । यसका लागि मशमतुल्ला शाहिदीले ७६ रन बनाउनुबाहेक अन्य कसैले पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानलाई दबाबमा राख्न इंग्ल्यान्डका जोफ्रा आर्चर र अदिल रसिदले ३–३ विकेट लिए ।

यसअघि म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको विशाल योगफल तयार पारेको थियो । इंग्ल्यान्डका लागि कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेका मोर्गनले ७१ बलमा १७ छक्कासहित १४८ रन बनाए । मोर्गन एकदिवसीय क्रिकेटको एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।

जितसँगै इंग्ल्यान्ड ५ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भए पनि रनरेटका आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा झरेको छ । अंकविहीन अफगानिस्तान तालिकाको पुछारमै छ । प्रतियोगिताअन्तर्गत आज न्यूजिल्यान्ड र दक्षिण अफ्रिका भिड्ने छन् ।

58 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार