२०७५, मङि्सर ०२ आइतबार

अमेरिकाका कुख्यात ग्याङ्स्टार बुल्जर कारागारभित्रै मृत अवस्थामा फेला

२०७५, कार्तिक १४ बुधबार |

काठमाडौं – अमेरिकाका कुख्यात ग्याङ्स्टार जेम्स ह्वाइटी बुल्जर वेस्ट भर्जिनियाको एउटा कारागारभित्रै मृत अवस्थामा फेला परेका छन् ।फ्लोरिडा कारागारबाट अत्यन्तै कडा सुरक्षाका बीच वेस्ट भर्जिनियाको संघीय कारागारमा स्थानान्तरण गरेकै दिन ग्याङस्टार जेम्स मृत अवस्थामा फेला परेका हुन् ।

८९ वर्षीय जेम्सको मृत्युबारे अनुसन्धाान भइरहेको कारागारका अधिकारीहरुले जनाएका छन् । कारागारमै रहेका अन्य कैदीहरुबाट उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।जेम्सलाई १६ वर्षको खोजीपछि सन् २०११ मा पक्राउ गरिएको थियो । सन् २०१३ मा अदालतले उनलाई ११ जनाको हत्यामा दोषी ठहर गरेको थियो ।

अपराध शृङखलाले भरिएको उनको जीवनीमा आधारित भएर थुप्रै हलिउड चलचित्र बनेका थिए ।दक्षिणी बोस्टनको विन्टर हिल ग्याङ्गका पूर्वलिडर जेम्सबाट प्रभावित भएर चलचित्र ब्याक मास बनाइएको थियो । यस्तै उनीबाट प्रभावित भएर बनेको चलचित्र डिपार्टेडले सन् २००७ मा सर्वोत्कृष्ट चलचित्रको रुपमा ओस्कार अवार्ड जितेको थियो ।(एजेन्सी)

10 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस