२०७५, पुष ०३ मङ्गलबार

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन

२०७५, मङि्सर १५ शनिबार |

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

उहाँ सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ अमेरिकाका ४१ औँ राष्ट्रपति हुनुहुन्थ्यो । पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशलाई गएको अप्रिलमा इन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको थियो । उहाँ आफ्नी श्रीमती बारबारको निधन भएको एक हप्तापछि बिरामी पर्नु भएको थियो ।

त्यसअघि उहाँले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि उहाँको भूमिका महत्वपूर्ण छ ।

उहाँका  छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बन्नुभएको थियो ।

अमेरिकामा बाउछोरा राष्ट्रपति बन्ने बुशहरु दोस्रो हुनुहुन्छ । यसअघि जोन आडम्स र उहाँका छोरा अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो ।

पूर्व राष्ट्रपति बाराक ओबामाले शोक व्यक्त गर्दै भन्नु भएको छ, ‘अमेरिकाले एउटा राष्ट्रवादी नेता गुमाएको छ । जर्ज हर्बर्ट वाकर बुशलाई गुमाउँदा हाम्रो मन आज निकै भारी भएको छ ।’

55 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०७५, पुष ०३ मङ्गलबार

शेयर फेरी दोहोरो अंकले घट्यो

२०७५, पुष ०३ मङ्गलबार