२०७६, साउन ०६ सोमबार

आइपिएल क्रिकेट : रोयल च्यालेन्जर्स बैंग्लोर विजयी

२०७६, बैशाख ०१ आइतबार |

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले यो सिजनको आइपिएलमा पहिलो जित दर्ता गरेको हो ।

बैंग्लोरले सातौँ खेलमा आएर पहिलो जित दर्ता गरेको हो । बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो । बैंग्लोरले १७४ रनको लक्ष्य चार बल बाँकी हुँदा मात्रै दुई विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि कप्तान विराट कोहलीले ५३ बलमा ८ चौकाको सहयोगमा ६७ तथा एबी डी भिल्लियर्सले ३८ बलमा नटआउट ५९ रनको योगदान दिए ।  यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले चार विकेटको क्षतिमा १७३ रन बनाएको थियो । उसका लागि क्रिस गेलले ६४ बलमा १० चौका र पाँच छक्काको सहयोगमा नटआउट ९९ रन बनाए ।

103 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार