२०७६, असार ०३ मङ्गलबार

आगलागीमा परी एकै घरका तीनजनाको ज्यान गयो

२०७६, जेठ ०९ बिहिबार |

बैतडी – बैतडीमा गएराती आगलागीमा परी एकै घरका तीनजनाको ज्यान गएको छ । राती खाना खाएर टहरामा सुतेका उनीहरुको चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा  पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ बर्षीय छोरा मनोज लुहारको मृत्यु भएको बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिएका छन् । बुधबार राती करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको जनाएको छ ।मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएका थिए ।

24 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार