२०७५, माघ ०८ मङ्गलबार

आज र भोली बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

२०७५, कार्तिक १४ बुधबार |

काठमाडौं- सरकारले पाँच वर्षमुनिका बालबालिकालाई बुधबार र बिहिबार भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। यस वर्ष २७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ। सरकारले वैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते गरी वर्षमा दुई पटक भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ। तर यस वर्ष दशै परेकाले कार्तिक १४ र १५ गते भिटामिन खुवाउन लागेको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा‍ झलक गौतमले बताए। भिटामिन खुवाउन सरकारले ७ सय ५३ वटै स्थानीय तहमा ३६ हजार बुथको स्थापना गरेको शाखाअन्तर्गतको पोषण शाखा प्रमुख केदार पराजुलीले बताए। सरकारले ४१ जिल्लामा बालभिटा पनि बाँड्दैछ । भिटामिन ए र जुकाको औषधि खुवाउनुका साथै बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको नापसमेत लिने शाखाले जनाएको छ।

114 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

नेकपा अध्यक्ष दाहाल अस्वस्थ

२०७५, माघ ०८ मङ्गलबार