२०७६, बैशाख १० मङ्गलबार

आतंकवादी हमलामा चुनावको प्रचारप्रसारमा रहेका भाजपाका विधायकसहित ५ जना मारिए

२०७५, चैत २६ मङ्गलबार |

भारतको छत्तिसगढस्थित दन्तेवाडा जिल्लामा आतंकारी आक्रमणमा परी भारतीय जनता पार्टी भाजपाका विधायकसहित ५ जना मारिएका छन्। आक्रमणमा लोकसभा चुनावको प्रचारप्रसारमा रहेका भाजपाका विधायक भीमा मंडावी, उनका सवारी चालक र ३ जना सुरक्षाकर्मी मारिएका भारतीय संचार माध्यमहरूले जनाएका छन्। दन्तेवाडाको श्यामगिरी क्षेत्रमा विद्यायक सवार गाडीलाई लक्षित गरी विस्फोट भएको थियो। दन्तेवाडाका एसपी अभिषेक पल्लवले दिउँसो ३ बजेसम्म विधायक भीमा कडा सुरक्षाका बीच चुनावी प्रचारप्रसारमा सहभागी भएको बताए। तर, प्रहरीले त्यहाँबाट अगाडि नजान भने पनि विधायकको टोली गएको र कुआकोन्डादेखि दुई किलोमिटरको दूरीमा पुगेपछि विस्फोटमा परेको एसपी पल्लवलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। विस्फोटमा परि विद्यायक सवार बुलेटप्रुफ गाडी क्षतिग्रस्त भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको निन्दा गर्दै विधायक मंडावीसँगै आक्रमणमा परेकाहरूको परिवारप्रति समवेदना प्रकट गरेका छन्। दन्तेवाडामा यही अप्रेल ११ मा लोकसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ। छत्तिसगढमा कुल ३ चरणमा अप्रेल ११, १८ र २३ मा मतदान हुँदैछ।एजेन्सी

43 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस