२०७६, जेठ ११ शनिबार

आमा

२०७६, बैशाख २१ शनिबार |

-डा. भारती शर्मा

ढाडमाथि घाँसको भारी
पेटमाथि सन्तान चढाइ,
पेटमा अर्को हुर्कदै छ
यहि हो सुख आमालाई ।

कति काम कति थकाइ
सुइय सइय सुसाउँदै ,
आफै सुक्दै जाँदापनि
खुसी लाग्यो चुसाउँदै ।

को खाइ को खाइ फकाउँदै
पछ्याइ पछ्याइ भागी जाँदा ,
कति छाक त भोकै सुत्छेउ
तिम्रो भाग नी हाम्ले खाँदा ।

सानो छँदा भोकै होलान
लड्लान कतै ठोकिएलान ,
हुर्किएसी झनै गाह्रो
तिनै सन्तान झोक्किएलान ।

तिम्रै कोखका सुख आमा
हेर्दा हेर्दै कस्ता हुन्छन ,
बुढेशकालाम एक्लै रूंदा
तिम्रा आँशु सस्ता हुन्छन ।

पलपल हेर्न चाहान्छिन आमा
आफ्ना सन्तान वरीपरी
आमा खुवाउने औंसी कुर्न
नपरोस है छोराछोरी
वर्षै भरी फुर्सद मिलाइ
भेट्न आउ है घरीघरी ।।

121 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस