२०७५, चैत ०५ मङ्गलबार

आर्थिक अभावका कारण बिरामीले गरे आफैले आगो लगाएर आत्मदाह

२०७५, पुष २७ शुक्रबार |

दयपुर–उदयपुरमा आर्थिक अभावका कारण एक बिरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन्। उदयपुरगढी गाउँपालिका–४ का सातबोटे शेरबहादुर कार्कीले बुधबार राती परालको गोठमा लागो लगाएर आत्मदाह गरेका हुन्। पायल्स, जण्डिस र लिभरको बिरामी कार्कीले आत्मदाह गरेका हुन्।

बिरामीका आफन्तलाई डाक्टरले पनि धेरै खर्च लाग्ने बताएका थिए। उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेको घरनजिकै परालको गोठमा आगो लगाई आगोमा हामफालेपछि घाइते अवस्थामा गाउँलेले फेला पारेका थिए। गोठको आगोमा जलेको अवस्थामा गाउँलेहरूको उद्धारपद्धि उपचारका क्रममा राती २ बजे जिल्ला अस्पताल गाईघाटमा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए

79 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार