२०७६, बैशाख १० मङ्गलबार

इथियोपीयन एयरलाइन्सका दिवंगतहरुको अन्त्येष्टिका लागि दुर्घटनास्थलबाट एक किलो माटो र खरानी

२०७५, चैत ०३ आइतबार |

काठमाडौं – इथियोपीयन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान दुर्घटनाका १५७ पीडितको परिवारलाई एयरलाइन्सले दुर्घटनास्थलबाट डढेको माटो दिने प्रस्ताव राखेको छ । पीडितको भौतिक अवशेष नभेटिएसम्म त्यही माटोले अन्तिम संस्कार गर्न एयरलाइन्सले प्रस्ताव राखेको विभिन्न रिपोर्टमा लेखिएको छ ।

गत आइतवार भएको दुर्घटनापछि आज आइतवार इथियोपियाको राजधानी अदिस अबाबामा अन्तिम संस्कारको कार्यक्रम बनाइएको छ र त्यसक्रममा दुर्घटनास्थलको माटो दिने प्रस्ताव गरिएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।  पीडितहरूको भौतिक अवशेषको पहिचान गर्न ६ महिनासम्म लाग्ने परिवारहरूलाई बताइएको छ ।

63 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस