२०७५, कार्तिक ०३ शनिबार

एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा, ओली र दाहाल दुवै अध्यक्ष !

२०७४, माघ ०६ शनिबार |

काठमाडौं- एमाले–माओवादीबीच चार महिना यताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरुले दाबी गरेका छन् ।एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दिएको छ ।

एकताबारे ‘विभिन्न आशंका र षणयन्त्रलाई चिरेर’ छोटो र छिटो विधीबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ ।यद्यपी, ओली र दाहालबीच पार्टी एकता कसरी गर्ने भन्नेबारे अझैपनि विभिन्न मोडेलमा छलफल बिचाराधीन छ ।

एकता प्रक्रिया अब छिट्टै निर्णायक तहमा पुग्नेमा आशंका नरहे पनि कुन मोडालिटी अपनाउनेबारे उनीहरुले खुलाउन चाहेनन् ।उच्च स्रोतका अनुसार ओली र दाहाल दुबै अध्यक्ष रहने, एमालेका पदाधिकारीलाई यथावत राखेर माओवादी केन्द्रबाट केही पदाधिकारी थपेर अघि बढ्ने विषयमा नेताहरु सहमति नजिक छन् ।

तर, माओवादी केन्द्रका केही नेताहरु भने प्रधानमन्त्री ओली, पार्टीको सबै नेतृत्व लिनेगरी दाहाललाई पार्टी अध्यक्ष बनाउनु पर्ने दबाब दिइरहेको खबरअन्नपुर्णपोष्ट दैनिकमा छ।

51 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

सरकार असफल बनाउन षड्यन्त्र- दाहाल

२०७५, असोज २६ शुक्रबार

दुर्घटनामा तीनको मृत्यु

२०७५, असोज २६ शुक्रबार

‘ग्याङ् फाइट’मा युवकको मृत्यु

२०७५, असोज २६ शुक्रबार

वेल्स स्पेनसँग ४-१ ले पराजित

२०७५, असोज २६ शुक्रबार

विश्व विजेता फ्रान्सको कठिन जीत

२०७५, असोज २६ शुक्रबार