२०७५, माघ ०८ मङ्गलबार

करेन्ट लागेर एकको ज्यान गयो

२०७५, पुष २६ बिहिबार |

चौतारा- सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टीकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आज बिहान बाटो हिँडिरहेको अवस्थामा प्रशारण लाइनको तार चुडेर जमीनमा लत्रिरहेको अवस्थामा नदेखेर कुल्चँदा उनलाई करेन्ट लागेको थियो । घाइते अवस्थामा काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  नेपाल विद्युत् प्राधिकरणको लापवाहीका कारण जिल्लामा करेन्ट लागेर विगतदेखि हालसम्म धेरैले ज्यान गुमाइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

40 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

नेकपा अध्यक्ष दाहाल अस्वस्थ

२०७५, माघ ०८ मङ्गलबार