२०७५, चैत ०५ मङ्गलबार

काठमाडौँसहित ,पश्चिमका पहाडी भू-भाग , मध्य र पूर्वका केही क्षेत्रमा पानी पर्ने सम्भावना

२०७५, पुष २७ शुक्रबार |

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरको मौमस शुक्रबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद विभूति पोखरेलले दिएको जानकारी अनुसार पश्चिमका पहाडी भूभाग र काठमाडौँसहित मध्य र पूर्वका केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविद पोखरेलले जानकारी दिइन् ।

मौसममा बदली भई पानी समेत पर्ने सम्भावना रहेकोले शुक्रबार काठमाडौँसहितका क्षेत्रमा चिसो बढी महसुस हुने उनले बताइन् । शुक्रबार बिहान काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।  दिउँसो घाम नलाग्ने भएका कारण तापक्रम तुलनात्मक रुपमा बढ्न नसक्ने मौसमविद पोखरेलले जानकारी दिइन् ।

67 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार