२०७५, मङि्सर ०२ आइतबार

काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते

२०७५, कार्तिक २२ बिहिबार |

बनेपा -काभ्रेकाे नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काका अनुसार बनेपाबाट नारयणथानका लागि छुटेको बा ४ ख ५८०१ नम्बरको यात्रुवाहक बस सडकबाट ७ मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई अहिले उपचारका लागि धुलिखेल अस्पतालमा पुर्याइएको छ । स्थानीय र प्रहरीको बलमा उनीहरुको उद्धार गरिएको हो । स्थानीय प्रत्यक्षदर्शी सुवास लामाका अनुसार गुडिरहेको बसको पत्ता भाँचिएर घुम्तीको खाल्टोमा परी बस पल्टिएको थियो । सडकबाट पल्टिएको बस रुखमा अड्कीएको अवस्थामा छ ।  काभ्रेकै विभिन्न स्थानमा पछिल्लो महिना मात्रै तीन वटा दुर्घटना भएका छन् ।

30 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस