२०७५, मङि्सर ०२ आइतबार

गायक गगन सरगम आफ्नो प्रेमिकासंग मायाको भिख माग्दै

२०७५, असोज १२ शुक्रबार |

गायक गगन सरगम आफ्नो प्रेमिकासंग मायाको भिख माग्दै

नेपाली गित संगितमा लामो समयदेखि क्रियासिल रहँदै आउनुभएका दुई सर्जक हुन,गायक गगन सरगम र संगीतकार निम संगीत

जसका गित संगितले नेपाली संगितका पारखी अझ भनै सुगम संगित मन पराउने व्यक्तिहरुले उहाँहरुको सृजनालाई सधै पछ्याईनै रहे ।

वि.सं.२०५१ सालदेखी संगीतकर्ममा लागेका यि जोडीले बि .स २०६० मा पहिलो एल्वम अमर प्रेम मार्फत सम्पूर्ण संगित पारखीहरुको मन जितेका थिए ।जुन एल्बममा संग्रहित गित म त मर्छु क्यारे तिमी धेरै वर्ष वाच,मैले लाएको माया र नपाएको माया जस्ता गितले त्यतिबेलाको संगितको बजारमा निकै माहोल तताएका थिए ,थोरै संञ्चारमाध्यम त्यसमा पनि गाउगाउमा रेडियो नेपालको मात्र पहुच थियो र अहिले जस्ता यति धेरै एफ.एम.टि.भी र अनलाइनहरु थिएन ,रेडियो नेपालबाट आफ्ना गित संगीत बज्नु एकदमै ठूलो कुरा हुन्थ्यो र धेरै गितहरु रेडियो नेपाल बाट नै बजेर चर्चित हुन्थ्यो ।

गित संगितलाई निरन्तरता दिदै फेरी वि.सं. २०६५ सालमा यि जोडिले दोस्रो एल्वम“ तिम्रो मन” ल्याएर करोडौ श्रोता दर्शाकको मन जित्न सफल भएका थिए ,जुन एल्वममा समाबेश चर्चित गित तिम्रो मनको माझमा फूल्न मन लाग्छ ,यो गितले गाायक गगन सरगम लाई सुगम संगितमा एउटा अब्बल गायकको रुपमा स्थापित गरायो ।जुन गितमा शब्द युगज्योती कृयाशिल र संगित निम संगितको रहेको थियो ।

 

नेपाली संगित क्षेत्रलाई केहि नयाँपन दिनुपर्छ भनी निरन्तर संगित कर्मामा लाग्नुभएका गाायक गगन सरगम फेरी नयाँ एल्वम प्रेमको भिकारी लिएर तपाई हामि माझ आउनुभएको छ ।यस एल्वममा पाँच ओटा गितहरु समाबेश भएका छन् ,जसमा प्रेमको भिकारी ,फूल झरेको संझ ,तारीफ ,तिमिले माया मारेपछी र उनको यादमा जस्ता सुमधुर गितहरु रहेका छन् ।

यी गितहरुमा निम संगित , लक्ष्मण पाण्डे,धनश्याम गौतम र नवराज घिमिरेका उत्कृष्ट सब्दहरु छन् भने  सबै गितहरुमा संगित निम संगितको रहेको छ र सबै गितमा गायक गगन सरगमको उत्कृष्ट गायन रहेको छ ।

यस एल्बमलाई अमर प्रेम म्युजिक पा.लि ले बजार ब्यबस्थापन गरेको छ ।

यस एल्बमको शिर्ष गित प्रेमको भिकारीले छाटो समयमानै निकै  चर्चा बटुलीरहेको छ ।

मैले तिमीलाइ माया गर्छु , तिमीले पनि मलाइ माया गर भनी आफ्नो प्रेमीकासंग मायाको भिख मागेको भाब बोकेको यस गितलाइ अझैपनि सफलताको कामना गर्दछैं । यस गितको लिरीकल भिडीयो बनेको र पूर्ण भिडीयो छिट्टै बन्ने जानकारी गायक गगन सरगमले दिनुभयो ।

हेर्नुहोस लिरीकल भिडीयो –

807 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस