२०७५, मङि्सर ०२ आइतबार

सरकारका गुण र दोषका आधारमा समर्थन वा विरोध गर्छौं ’-नेपाली कांग्रेस

२०७४, फागुन २७ आइतबार |

काठमाडौं-नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिपक्षविनाको सदनको कल्पना गर्न नसकिने भएकोले प्रधामनन्त्रीलाई मतदान गर्न नसकिने बताएका हुन् ।

‘सरकारलाई गुण दोषका आधारमा सरकारका कामका आधारमा समर्थन गर्छौं,’ गच्छदारले भने, ‘प्रतिपक्षविनाको संसद, संसदजस्तो हुन सक्दैन, त्यसैले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’

कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

त्यसअघि ओलीले प्रतिपक्षमा बसे पनि सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीजीले मधेसकेन्द्रित दलहरूलाई पनि सरकारमा ल्याउने प्रयास गर्नु भएको छ, त्यो काममा सफल हुनुहोला,’ गच्छदारले भने ।

215 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस