२०७६, असार ०३ मङ्गलबार

चट्याङ लागेर मकवानपुरमा १ र पाँचथरमा १ जनाको मृत्यु, २ जना घाइते

२०७६, जेठ ०९ बिहिबार |

मकवानपुर –  बुधबार राति हावा हुरीसँगै परेको चट्याङ लागेर कैलाश गाउँपालिका– २ बैकुण्ठमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर  २ जना घाइते भएका छन् । चट्याङ लागेर बैकुण्ठकी ६५ वर्षीया साइलीमायाँ मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।  यस्तै चट्याङ लागेर यही ठाउँका ३९ वर्षीय विनामायाँ मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएका छन् । उनीहरुको डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ । बुधबार अपरान्ह पानीसँगै परेको चट्याङ लागेर स्थानीय ७५ वर्षीया सावित्रादेवी भण्डारीको ज्यान गएको हो ।

44 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार