२०७६, जेठ १० शुक्रबार

चरमपन्थीको आक्रमणबाट कश्मीरमा ४० सुरक्षाकर्मीको मृत्यु, प्रधानमन्त्री ओलीद्वारा निन्दा

२०७५, फागुन ०३ शुक्रबार |

काठमाडौं – भारत प्रशासित कश्मीरमा विद्रोही चरपन्थीले गरेको आक्रमणमा कम्तिमा ४० जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।कश्मीरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेको सैनिक गाडिलाई लक्षित गरी चरमपन्थीले आक्रमण गरेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् ।राजमार्गमा गुडिरहेका सुरक्षाकर्मीका गाडीलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी भारतीय अर्धसैनिक फौजका सुरक्षाकर्मीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।आक्रमणको जिम्मेवारी आतंककारी समूह जैस–ए मोहम्मदले लिएको छ । भारतीय सुरक्षाकर्मीमाथि केही वर्षयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धीसहितले आक्रमणको निन्दा गरेका छन् ।यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई हिजो साँझ टेलिफोन गरी कश्मीरमा सुरक्षाकर्मीमाथि भएको हमलाको निन्दा गरेका छन् । उनले भारतीय प्रधानमन्त्री मोदीलाई समवेदनासमेत व्यक्त गरेका छन् । (एजेन्सी)

108 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस