२०७५, चैत ०५ मङ्गलबार

चीनले पाकिस्तानलाई अत्याधुनिक हतियार दिन लागेपछि भारत चिन्तामा

२०७५, पुष २६ बिहिबार |

काठमाडौं — चीनले पाकिस्तानलाई अत्याधुनिक हतियार दिन लागेपछि भारत चिन्तामा परेको छ । चीनमा बनेको खतरनाक क्षेप्यास्त्रले पाकिस्तानी जलसेनालाई बलियो बनाएको छ ।यो एन्टीशिप क्षेप्यास्त्रले सन् २००५ देखि पाकिस्तानी जलसेनामाथि भारतीय जलसेनाको एड्भान्टेजलाई अन्त्य गर्ने सम्भावना रहेको छ ।

खबरहरूका अनुसार, पाकिस्तानी जलसेनामा चीनको घातक वाईजे–१२ क्षेप्यास्त्रको एक्सपोर्ट भेरिएन्ट सीएन–३०२ क्षेप्यास्त्र सुपरसोनिक गति र रेन्जका विषयमा भारतीय जलसेनाको अत्याधुनिक ब्रह्मोस एन्टीशिप क्रुजलाई टक्कर दिन सक्छ ।भारतीय रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूका अनुसार, सीएम–३०२ भारतका लागि नयाँ खतरा हो । यसले नोक्सान गर्ने क्षमता अत्यन्तै धेरै छ ।भारतीय जलसेनाका लागि यो खतरा वास्तविकतामा परिणत हुन समय लाग्नेछ किनकि पाकिस्तानको जलसेनासँग लंग रेन्ज सेन्सर छैनन् । भारतीय युद्धक जहाजमा सटीक निशाना लगाउनका लागि त्यो आवश्यक छ ।अन्लाइन सैन्य वेबसाइट ग्लोबलसेक्युरिटी डट् ओआरजीका अनुसार, वाईजी–१२ को सबभन्दा विशेष कुरा चाहिँ रेन्ज नभई यसको गति हो । यसले डबल थ्री वा डबल फोको गतिमा आक्रमण गर्न सक्छ । एजेन्सी

131 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार