२०७५, चैत ०५ मङ्गलबार

चेमजोङको हत्यामा संलग्न पक्राउ

२०७५, फागुन २९ बुधबार |

काठमाडौँ- महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई÷तीन वर्षदेखि चिनजान हुँदै आएको र एकअर्काको कोठामा आवतजावत गर्दा सोमबार राति एकआपसमा विवाद भएपछि थापामगरले लात्तीले हानेर बेहोस हुँदा मृत्यु भएको अनुसन्धानमा खुलेको बताउनुभयो ।  घटनामा संलग्न थापामगरलाई महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

42 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार