२०७५, पुष ०३ मङ्गलबार

चैत १० गतेदेखि सञ्चालन हुने एसइई परीक्षाको तालिका यस्तो छ 

२०७५, मङि्सर १३ बिहिबार |

भक्तपुर-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले आज एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार शुरु हुने परीक्षा २१ गते बिहीबारसम्म सञ्चालन हुने जानकारी दिएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो ।

बोर्डका अनुसार आगामी

चैत १० अनिवार्य अङ्ग्रेजी

११ गते अनिवार्य नेपाली

१२ गते बिदा१३ गते अनिवार्य गणित

१४ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृति, व्याकरण र संस्कृति

१५ गते अनिवार्य सामाजिक अध्ययन र प्राविधिक धारको विषय

१६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषा र प्राविधिक धारतर्फका विषय

१७ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक प्रथमपत्रका सबै विषय, वेद तथा नीतिशास्त्र र प्राविधिकतर्फको ऐच्छिक गणित

१८ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिकतर्फका विभिन्न विषय

१९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा

24 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०७५, पुष ०३ मङ्गलबार

शेयर फेरी दोहोरो अंकले घट्यो

२०७५, पुष ०३ मङ्गलबार