२०७६, असार ०३ मङ्गलबार

टोटनह्यामलाई हराउँदै लिभरपुललाई च्याम्पियन्स लिग फुटबलको उपाधि

२०७६, जेठ १९ आइतबार |

टोटनह्यामलाई हराउँदै लिभरपुल युरोपियन च्याम्पियन बनेको छ । स्पेनको राजधानी मड्रिडमा रहेको एथ्लेटिको मड्रिडको मैदानमा शनिबार राति भएको फाइनलमा लिभरपुलले माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामलाई २–० ले हराउँदै उपाधि जितेको हो । लिभरपुलको जितमा मोहम्मद सालह र डिभोक ओरिजीले गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै लिभरपुलले पेनाल्टी पायो । टोटनह्यामका मोएसा सिसोकोको ह्याण्ड बलका कारण लिभरपुलले पेनाल्टी पाएको हो । त्यसलाई सदुपयोग गर्दै सालहले गोल गरे र लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।

खेलमा टोटनह्यामले गोल गर्ने राम्रा मौका बनाएको थियो र त्यसका लागि प्रयास पनि । तर लिभरपुलका गोलरक्षक एलिसनले ती प्रयासहरु विफल पारे । टोटनह्यामका सन हेङ–मिन, लुकास मौरा र क्रिष्टियन एरिक्सनको प्रहारमा एलिसन बाधक बने ।

19 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार