२०७५, चैत ०५ मङ्गलबार

#ट्रयासट्याग च्यालेन्ज (#trashtag) सामाजिक सन्जाल मार्फत गरिएको सु-कार्य

२०७५, फागुन २९ बुधबार |

काठमाडौं – सामाजिक सन्जाल भन्ने बित्तिकै हाम्रो दिमागमा पहिले आउने कुरा के होलान ? साथी भाई सँग गफ गाफ , फोटो हरु हाल्ने रमाइलो गर्ने, अझ आजभोलि त राजनैतीक गाली गलौज हरु को पनि थालो बनिसकेको छ ।
हुन त सामाजिक सन्जाल मार्फत बेला बेलामा राम्रा राम्रा काम नभएका पनि हैनन, दशकौ देखी हराएको मान्छे फेला परेका कुरा हरु , बिश्व भरी का ताजा खबर हरु, साहित्य संगीत, राजनीतिमा नया अनुहार हुरु को उदय र प्रोत्साहन। तर आजभोलि एउटा अभियान चर्चामा छ #ट्रयासट्याग च्यालेन्ज (#trashtag)। जस अन्तर्गत बिभिन्न ठाउँ मा फालिएका फोहोरका थुप्रोलाई सफा गरेर सफा हुनु अघी र सफा भाईसकेपछी का फोटो सामाजिक सन्जाल हरु मा हाल्ने।
यसले युव हरुमा नयाँ उत्साह को संचार गरिरहेको छ, जस्को फाईदा टोल छिमेक अनी बातावरण मा भाईरहेको छ।अन्तरराष्ट्रियस्तरमै चर्चामा रहेको यस अभियानमा बिश्वका कयौ स्थान हरुका फोटो देखिन्छ जस्मा कतै समुन्द्री किनार, बाटो छेउ शहरका गल्ली हरुमा कतै एक्लै कतै साथी हरु मिलेर सफाइ गरेको पाईन्छ। इन्स्टग्राम बाट सुरु भएको यो अभियान अैले फेसबूक लगायत अन्य सामाजिक सन्जालहरुमा पनि चर्चा मा छ ।

नेपाली युवाहरुले पनि दिनहु बिभिन्न ठाउँ हरुको सफाइ गरी फोटो हालेको पाईन्छ। यस्तै राम्रा अभियान हरु लाई अगाडि बढाउन सकेमा सामाजिक सन्जालहरुको औचित्य र आवश्यकता अझ पेचिलो बन्दै जानेछ।

174 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार