२०७५, मङि्सर ०२ आइतबार

त्यस बखतको नेपाल पुस्तक नेपालको इतिहासको महत्वपूर्ण दस्ताबेज

२०७४, असोज ०७ शनिबार |

भिम बहादुर पाँडे, २००१ साल तिर वेलायत स्थित नेपाली दुतावासका प्रथंम सचिव भएर काम गरेका व्यत्ति हुन्,पछि।२००१ साल भन्दा अगाडी उनि नेपालको आर्थिक मामेला हेर्ने निकायमा विजय शम्शेर ज.ब.रा सँगै आबध भएका थिए।त्यसतै उनले अधिराज्य व्यापी औधोगिक सर्भे पनि गरे।जागिरे जीवनको अन्तिम तिर उनि भारतका लागि नेपाली राजदुत भए । शिक्षा चाँहि उनले कलकत्ताका हाशिल गरेका थिए, याम् .ए (अंग्रेजी) र एल.एल.बि. सम्म । उनले लामो समय बिभिन्न सरकारी निकायमा बिताए । यस पिष्ठभुमि लाई हेर्ने हो भने,नेपालको हर क्षेत्रका सुचनामा उनको सहज पँहुच थियो।त्यसैको नतिजा यो पुस्तकको हो। ।विश्लेषणात्मता भन्दा विवरणात्मता पुस्तकको विशेषता हो । सरकारी वा गैर सरकारी सेवाबाट निवृत्त भएका धेरै अनुभवी व्यत्तिहरु बाट आफ्नो अनुभव संगालेर प्रकाशित गरी सर्वसाधारण मानिसलाई शिक्षित गरिने चलन उति खेर थिएन।यस्ले नेपालि सिर्जनात्मतामा ठूलो क्षेति पुर्याएको थियो । यसलाई थोर बहुत परिपुर्तिगर्नको निम्ति नै पुस्तक उभिएको छ कि भन्ने आभास हुन्छ। हाम्रो इतिहासका स्रोत विदेशी विद्धान्‌हरु थिए । उनिहरुको शब्दमा नेपाली संवेदनशिलता भेटिदैन थियो । नेपाली अनुभव र नेपाली समाजका कुरालाई नेपाली माटोको सुगन्धका साथ सरदार भिम बाहादुर पाँडेले यो संस्मरणातमक कृति लेखेका छन् । उल्लेखनिय कुरा त के छ भने सरकारी सेवा बाट रिटायड भईसके पछि ऊनिले गरेको बौद्धिक परिश्रम अनुकरणीय छ ।

“त्यस वखतको नेपाल” ५ भागमा विभाजित संस्मरण हो । पहिलो दुई भागको शीर्षक उनले “राणा व्यवस्था चरम चोटिमा” र “नेपालको वैंधानिक सरकारको खोजी” भनि नामाकरण गरेका छन् । शीर्षकको नाम अनुसारनै उनले प्रत्यक भागलाई विभिन्न अध्यायमा विभाजन गरेका छन् । यो पुस्तक उनको  व्यत्तिगत संस्मरण हुँदा हुदै पनि आजको समयमा आइपुग्दा उनले देखेका भोगेका र सुनेका कुराहरुलाई त्यस बखतको नेपाल बुझाउने महत्वपुर्ण दस्ताबेज बनेको छ। पछाडी फर्केर समाज हेर्न चाहने नँया पुस्ताका लागि उनको यो काम आँखीझ्याल पनि हो । लेखकले पुस्तक मार्फत उति खेरको राजनैतिक, कुटनैतिक,आर्थिक,औधोगिक, प्रशासनिक, शैक्षिक र सामाजिक परिवेश बुझाउने प्रयत्न गरेका छन् ।

पहिलो भागमा मुख्यत १९७७ साल पछि भएका सामाजिक सुधार, राजनैतिक र आर्थिक बद्लाब र त्यसले पारेको प्रभावको जोड घटाउ गरिएको छ ।त्यसतै दोस्रो भागमा चाँहि नेपाली जनताले वैंधानिक सरकार प्राप्त गर्नको लागि गरिएका संघर्षको र राणा व्यवस्था लाई कमजोर तुलयाउन संगठनातमक शक्ति “प्रजा परिषद” को गठन र त्यसले खेलेको भुमिकाका बारे चर्चा गरिएको छ।२००० साल तिर नेपालमा भएको आर्थिक गतिविधि, औधोगिक विकाश,पुँजी बृद्दि का बिषयमा पनि लेखकले कलम चलाएका छन। साहित्य र कलाको विकाश ,लेखपढ् गर्ने जमातको उदयका कुरा पनि समेटिएको छ ।

किताब राणाशासकको तत्कालिन निति वरिपरि घुमेको छ । साथसाथै नेपाली जनसमुदाय पछाडी पर्नु को कारण खोतालेका छ्न चित्तबुझ्दो तर्कसहित।करियामोचन प्रथा र सतिप्रथा उन्मोलन गर्नु नै त्यस वखतको ठूलो सामाजिक परिवर्तन थियो र हो पनि । यो कुरालाई प्रष्ट पार्न उनले एक अध्यायनै छुटयाएका छन् , विश्वका बिभिन्न देशका उदाहरण सहित । आर्को कुरा नेपालको कुटनीतिक नीति चाँहि ब्रिटिस राजदुत (नेपाल स्थित) र ईष्ट ईन्डिया काम्पनिका मानिसहरुलाई आफ्नो दाहिने पारि शासन र सत्ता टिकाई राखौ भन्ने मानसिकता बाट चलेको देखिन्छ ।नेपालका बन सखाप भए त्यतिनै खेर, बिदेशीका स्वार्थ जति सबै निसंकोच पुरा गर्दिनाले । छिमेकि देशहरु {चिन,भारत र तिब्बत(त्यस बेलाको)} प्रतिको सन्तुलनको पनि चर्चा गरेका छन्। जस्तो सुकै जाहनिए शासन व्यवस्था भए पनि नेपालको सार्वभौमसत्ता जोगाईराख्नु राणा शासनकालको ठुलो उपलब्धि हो भन्ने तर्क प्रष्ट सँग आएको छ। त्यसतै शिक्षा क्षेत्रमा जति पनि विस्तार भएका छन् ति सब बिदेशिलाई हाम्रोमा नि विघालय र कलेज छ है भन्नको लागि मात्र हो ।यो कुराको पुष्टि २००७ साल सम्म पनि नेपालको साक्षरता एक प्रतिशत भन्दा कम थियो भन्ने तथाङकले गर्छ ।शासन सत्ता हत्याउनका निम्ति गरिने संघर्ष र त्यसको परिणामका व्याख्या पानि बेला-बेला मा छरियर, भिन्न-भिन्न प्रंसगमा आएको छ। छूटाछुटै अध्यायमा ।

त्यस बखत अधिकांश नेपाली जनता कृषिमा निर्भर थिए । जमीन बाट उठेका करनै आम्दानीको मुख्य स्रोत थियो । फाट्टफुट्ट घरेलु उधोग खुलिएको तर अपर्यापत मात्रा मा । बिटिस सेनामा भर्ना भएका नेपाली सैनिक ले पनि अर्थतन्त्रमा टेवा पुर्याएका बिशेष गरि पहिलो र दोस्रो विश्वयुद्ध ताका तर जसरि पैसा आए तेसरि नै फर्केका तथ्य लेखकले राखेका छ्न अनि त्यस बेला भित्रिएका विकृति नेपाली सिमाना भित्रै रहे। जति पनि आम्दानी हुन्थयो ति सब सोझै राष्ट्रिय ढुकुटीमा जाने र चाबी चाहिँ राणाशासकहरु को हात मा हुँदा, एकलौटी ढंगले रजाइगरि जनता चुसेका कुरा पनि लेखकले राखेका छ्न । न्याय र प्रशासनमा तिनै राणाजी का आसेपासे थिए र तिनिहरुको सम्पूर्ण ध्यान जनता को सेवामा नभइ शासकका चाप्लुसिमा जानथियो ।अन्धविश्वास र कुरितिले पनि जरा गाडेका थिए। राणा खलकमा रोलको व्यवस्था,मकैको खेती पुस्तक काण्ड,राजश्व बढाउनका लागि ठेका भन्सार प्रथा र १९९० को महाभूकम्पका कुरा पनि लेखकले उल्लेख गरेका छन् । यिनै माथि उल्लेखित कुराहरु पुस्तकका गुदि हुन ।

समाजको चित्र कोर्न खोजे पनि कतीपय अध्याय जस्तै “स्वावलम्बि गाउँ र रमाइला गाउलेहरु”, “पुराना गाँउको चालचलन र रितिरिवाज” अनि अरु पनि थुप्रै शिर्षक भित्र उनका मनगणन्ते कुरा र वेतुक का तर्क हरु आएका छन् । यसले पठन अलि झिजो लाग्दो भनाइदेको छ। अर्कोतिर यसका जनसमुदाय भन्नाले काठमाण्डौ र त्यस आसपासका क्षेत्रका बासीन्दा हुन । समग्र नेपाल को चित्रण पाइँदैन ।

दुईटा भाग सम्म आईपुग्दा, १९७७- २००२ (कुनै कुनै बेला लेखकले १९७७ भन्दा अगाडी पनि पुगेका छन) सालसम्म उनले पाएका जानकारीलाई शिलशिला वद ढंगले बाधेर राखेका छन। जस्तो भिमसेन थापाको प्रसंग , लक्ष्मी प्रसाद देवकोटालाई गरेका चित्रण र तिब्बत सँगको समबन्धमा, एक पक्षिय ढंगले आफ्नो बिचार लादे भन्ने कुरा देखाउँछ। विषय बस्तुको बहु आयामिक पाटो आएको छैन ।

सबै भन्दा गज्जबको कुरा चाँहि पुस्तकको तल्लो भागमा पाठकलाई अझ बढि स्पष्ट पार्न उल्लेख गरेको बिषय बस्तु बारेका कुराहरु र कतिपय शब्दका अर्थ पनि राखिएको छ। भाषाको सलल बग्ने शैलीले गर्दा पढ्न पनि निकै सजिलो भएको छ । हुन त त्यस बखतको नेपाल भन्ने बितिकै हाम्रो विचार अतित तिर दौडिहाल्छ। ए ! त्यस बखतको नेपालंमा त यस्तो कुरा पो रच है, भन्ने कुरा पाठकलाई लेखकले बताएका छन। किताब मार्फत। राम्रा कुरा नि छन्, नराम्रा नि हुँदा रचन । कुन कुन लिने छुट्याउने काम हामी पाठको। आजको विश्वमा हामी अरु मुलुकहरु भन्दा पछाडी परेका छौ। अबको नँया नेतृत्व र व्यबस्थाले पुराना कमि कमजोरी हरुबाट पाठ सिकेर , विकाशका खाका कोर्नु पर्ने हुन्छ। यो पुस्तकमा पुरानो इतिहास,निति,नियम कार्यदिशाका बारे प्रशस्त जानकारी छन् । त्यसैले यो सन्दर्भंमा “त्यस बखतको नेपाल” बाट हामीले निकै फाइदा उठाउन सक्छौ ।

अनि आर्को कुरा,उनले लेखेको इतिहासमा , समय अनुकुल पुन:व्यख्या र निश्कर्ष निस्किदै रहन्छ । यो मानेमा बैदिक स्तरमा बेला बेलामा हुने छलफल र चर्चा अनि यो किताबले बोकेको विषय बस्तु र प्रस्तुतिलाई मापदण्ड बनाउने हो भने, पुस्तक लेखनु को उदेश्य पूरा भएको छ । लेखक र लेखन दुईटै सफल भएका छ्न । -शुरेस ढकाल

675 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस