२०७५, मङि्सर ०२ आइतबार

त्रिभुवन विश्विद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुरमा तोडफोड

२०७५, असोज १५ सोमबार |

काठमाडौं -त्रिभुवन विश्विद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुरमा विद्यार्थीले तोडफोड गरी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीमाथि दुर्व्यवहार गरेका छन्। आइतबार अपराह्न १ः३० मा शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका लागि समय उपलब्ध नगराएको भन्दै कार्यालय तोडफोड गर्नुका साथै शिक्षाध्यक्ष कार्यालयमा कार्यरत कर्मचारीसमेतलाई त्रसित पारेका शिक्षाध्यक्षको कार्यालय प्रमुख निर्मल मिश्रले जानकारी दिए। घटनाबाट दुईवटा कुर्सी र टेबलमा क्षति पुगेको छ। शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा उपस्थिति हुनुपर्ने अवस्थाका कारण तत्काल समय व्यवस्थापन गर्न कठिन रहेको जानकारी गराउँदै आठ-दश जना विद्यार्थीहरूले उनलाई दुर्व्यवहार गरेकाे शिक्षाध्यक्षको कार्यालयले जनाएको छ। यसबारे तोडफोडमा संलग्न भनिएका विद्यार्थीको कुनै भनाइ आएको छैन। प्राज्ञिक निकायमा विद्यार्थी वर्गबाट भएको यस प्रकारको अमर्यादित प्रस्तुतिप्रति शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठीले खेद व्यक्त गरेकी छन्।

60 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस