२०७६, असार ०३ मङ्गलबार

देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिए बधाई

२०७६, जेठ ०९ बिहिबार |

काठमाडौं-भारतीय निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले ठूलो जीत हात पारेकोमा नेपाली कांग्रेसका सपभाति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। सभापति देउवाले लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले ठूलो फलता हासिल गरेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दललाई बधाई दिएका हुन्।

देउवाले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र लेखेर बधाई दिएको कांगेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। ‘नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुने विश्वास समेत सभापति देउवाले व्यक्त गरेको पौडेलले जानकारी दिए।

48 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार