२०७५, मङि्सर ०२ आइतबार

नयाँ मुलुकी ऐनसँगै पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

२०७५, कार्तिक १० शनिबार |

दाङ-भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिनुभयो । तीमध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका छन् । नयाँ मुलुकी ऐनले पुरुषलाई पनि सिधै अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने व्यवस्था गरेपछि जिल्लामा यो अधिकार प्रयोग हुन थालेको हो ।

गत आर्थिक वर्षमा ६४० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये ४९५ मुद्दा फछ्र्यौट भएको अदालतका श्रेष्तेदार रेग्मीले बताउनुभयो । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता आफूहरु स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्ध विच्छेदका प्रमुख कारण रहेको उहाँले बताउनु भयो । (रासस)

75 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस