२०७५, पुष ०३ मङ्गलबार

नाइजेरियामा राष्ट्रपतिका लागि ७३ जना उम्मेदवार

२०७५, मङि्सर १६ आइतबार |

लागोस – नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् ।

निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो ।

स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ ओटा पार्टीले उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभयो । नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति हुुनुहुन्छ ।

“त्यसैगरी राष्ट्रिय संसदका लागि एक हजार ८४८ जना उम्मेदवार छन्, ती मध्ये एक हजार ६१५ जना पुरुष र २३३ जना महिला रहेका छन्,” उहाँले भन्नुभयो ।

आयोगका अध्यक्ष याकुबले निर्वाचन स्वतन्त्र, निश्पक्ष र विश्वसनीय बनाउने प्रतिवद्धता व्यक्र गर्दै सहयोगका लागि आह्वान पनि गर्नु भएको छ ।

51 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०७५, पुष ०३ मङ्गलबार

शेयर फेरी दोहोरो अंकले घट्यो

२०७५, पुष ०३ मङ्गलबार