२०७५, कार्तिक ०३ शनिबार

निर्वाचन आयोगले प्रदेशप्रमुखलाई निर्वाचन नतिजासहितको प्रतिवेदन बुझायो

२०७४, माघ ०५ शुक्रबार |

काठमाडौं- निर्वाचन आयोगले सातओटै प्रदेशका प्रदेशप्रमुखलाई प्रदेशसभा निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।प्रदेशप्रमुखको शपथग्रहणलगत्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा ती प्रदेशका प्रदेशप्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रमुख आयुक्त डा. यादवले प्रदेश नम्बर–१ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नम्बर–२ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर–३ का अनुराधा कोइराला, प्रदेश नम्बर–४ का बाबुराम कुँवर, प्रदेश नम्बर–५ का उमाकान्त झा, प्रदेश नम्बर–६ का दुर्गाकेशर खनाल र प्रदेश नम्बर–७ का मोहनराज मल्ललाई प्रतिवेदन बुझाएका हुन् ।सो अवसरमा प्रमुख आयुक्त डा. यादवले सबै प्रदेशप्रमुखलाई राष्ट्रियसभा निर्वाचनको तालिकाअनुसार प्रदेशसभा सदस्यहरुलाई आइतबार बिहान ११ बजेसम्म शपथग्रहण गराउन आग्रह गरेका थिए । रासस

70 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

सरकार असफल बनाउन षड्यन्त्र- दाहाल

२०७५, असोज २६ शुक्रबार

दुर्घटनामा तीनको मृत्यु

२०७५, असोज २६ शुक्रबार

‘ग्याङ् फाइट’मा युवकको मृत्यु

२०७५, असोज २६ शुक्रबार

वेल्स स्पेनसँग ४-१ ले पराजित

२०७५, असोज २६ शुक्रबार

विश्व विजेता फ्रान्सको कठिन जीत

२०७५, असोज २६ शुक्रबार