२०७५, माघ ०८ मङ्गलबार

नेकपाको एकीकरण टुङ्गो लगाउन गठन गरेको कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउन थप समय लाग्ने

२०७५, पुष २८ शनिबार |

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सम्पूर्ण साङ्गठनिक एकीकरण टुङ्गो लगाउन गठन गरेको कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउन थप समय लाग्ने भएको छ । पुस मसान्तभित्र सम्पूर्ण साङ्गठनिक एकीकरणको टुङ्गो लगाउन गृहकार्य गरी प्रस्ताव पेस गर्न पुस १३ गते सकिएको स्थायी कमिटीको बैठकले निर्देशन दिएको थियो । तर, हालसम्म मापदण्ड तयार गरी पार्टीको विधानमा मात्र छलफल सकिएको छ । नौ सदस्य कार्यदलमा चारजना मन्त्री नै रहेको हुनाले उनीहरूकोे कार्य व्यस्तताका कारण नियमित बैठक समेत बस्न सकिरहेको छैन ।
कार्यदलका संयोजकमा गृहमन्त्री रामबहादुर थापा , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री छन् । बाँकी सदस्य पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

13 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

नेकपा अध्यक्ष दाहाल अस्वस्थ

२०७५, माघ ०८ मङ्गलबार