२०७६, जेठ ११ शनिबार

न्यायिक समितिमा ५२ उजुरी दर्ता

२०७५, माघ २४ बिहिबार |

काठमाडौँ- तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा ५२ उजुरी दर्ता भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा समितिमा ५२ उजुरी दर्ता भएको हो । तीमध्ये आठ उजुरी मिलापत्रको माध्यमबाट समाधान गरिएको र बाँकीको समाधानका लागि छलफल र सहमतिको प्रयास भइरहेको नगरपालिका उपप्रमुख भवानी डोटेलले जानकारी दिनुभयो ।

आव २०७४÷७५ मा समितिमा परेको ६२ उजुरीमध्ये १९ उजुरी मिलापत्रका माध्यमबाट समाधान गरिएको थियो भने बाँकी ३० उजुरीको सुनुवाइ अझै हुन सकेको छैन । समयमा नै उजुरी फछ्यौट नहँुदा भर्खरै अभ्यासमा आएको न्यायिक समितिको प्रभावकारिता कतै कमजोर हुने पो हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ । नगरपालिकामा आउने उजुरी सबै लिखित रुपमा नै आउने गरेका छन् । समितिमा आउने अधिकाँश उजुरीे साँध–सिमानाका छन् ।

89 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस