२०७५, पुष ०३ मङ्गलबार

पिएसजीको कीर्तिमानी विजयी यात्रा १५ औँ खेलमा टुंगियो

२०७५, मङि्सर १७ सोमबार |

१५ औँ खेलमा आएर फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन को विजयी यात्रा टुंगिएको छ । यो सिजन लिगमा लगातार १४ खेल जितेको पिएसजी १५ औँ खेलमा बराबरीमा रोकिएको हो ।लिग अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजी अवे मैदानमा बोर्डक्ससँग २–२ को बराबरीमा रोकिएको हो । पिएसजीका लागि नेइमार र केलियन एमबाप्पे तथा बोर्डक्सका लागि ब्रियाण्ड र कोर्निलियसले गोल गरे ।

नेइमारले ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ५३ औँ मिनेटमा बोर्डक्सका लागि ब्रियाण्डले बराबरी गोल गरे । ६६ औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि फेरि पिएसजीले अग्रता लियो । तर ८४ औँ मिनेटमा कोर्निलियसले बोर्डक्सका लागि बराबरी गोल फर्काए । बराबरीपछि शीर्ष स्थानको पिएसजीको १५ खेलबाट ४३ अंक भएको छ ।

13 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०७५, पुष ०३ मङ्गलबार

शेयर फेरी दोहोरो अंकले घट्यो

२०७५, पुष ०३ मङ्गलबार