२०७५, मङि्सर ०२ आइतबार

पुस्तकसमीक्षाको पहिलो सैद्धान्तिक पुस्तक ‘किताबैकिताब’

२०७४, चैत १७ शनिबार |

पुस्तकसमीक्षाको सैद्धान्तिक र व्यावहारिक पक्षलाई समेटेर त्रि.वि. कीर्तिपुरका उपप्राध्यापक डा. अशोक थापाले लेख्नु भएको पुस्तक ‘किताबैकिताब’  विमोचन भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति एवं साहित्यकार सरुभक्तद्वारा विमोचित यस पुस्तकलाई पुस्तकसमीक्षाको सैद्धान्तिक व्याख्या गरिएको पहिलो पुस्तक मानिएको छ ।
लेखकद्वारा विविध समयमा गरिएको एक सय ४२ वटा पुस्तकहरूको तस्वीरसहित समीक्षा गरिएको यस पुस्तकमा आख्यान–गैरआख्यान दुवै क्षेत्रका पुस्तकहरूलाई समेटिएको छ । आठ पूर्वपृष्ठसहित दुई सय ४७ पेजको कलेवरमा संरचित यस पुस्तक चार खण्डमा विभाजित छ । पुस्तकको पहिलो खण्डमा पुस्तकसमीक्षाको सैद्धान्तिक पक्षको विषयमा चर्चा गरिएको छ भने दोस्रो, तेस्रो र चौथो खण्डमा क्रमशः यस सम्बद्ध विविध नमुनाको प्रस्तुति रहेको छ । पुस्तकमा पुस्तकसमीक्षाको प्रयोजन र उद्देश्यका साथै यसको परम्परा र पद्धतिका विषयमा पनि विमर्श गरिएको छ ।
पुस्तकसमीक्षालाई लेखक, पाठक र बजार सबैलाई सहायता गर्नु पर्छ भन्दै ‘यसले पाठकलाई सूचना दिने, लेखकलाई जागृत गराउने र प्रकाशन बजार र पाठक समुदायलाई पुलले झैँ जोड्ने (पुल) काम गर्छ ।’ पुस्तकमा भनिएको छ । हाम्रा आम सञ्चार माध्यममा पुस्तकसमीक्षामा व्यापक लापर्वाही देखिएको कुरा उल्लेख गर्दै समीक्षकले अति प्रशंसा र अति निन्दा गर्नु दुर्भाग्य रहेको कुरा उल्लेख गर्दै डा. थापाले पाठकमा पनि समस्या देखिएको औँल्याउँनु भएको छ । आजका आम पाठकले ‘पुस्तकलाई महिनौँ नपल्टाउने अनि समीक्षकले बजारमा जे हल्ला मञ्चाएको त्यसको पछाडि दौडनु काम भइरहेको छ जुन कुनै पनि अर्थमा सही कुरा हुनसक्दैन ।’ तीन सय ५० मूल्य रेहको यस कृतिलाई नेपाली बुक्स हाउस बाग बजारले प्रकाशन गरेको हो ।

306 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस