२०७५, मङि्सर ०२ आइतबार

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुन: उप्रेती र उपकुलपतिमा उपाध्याय नियुक्त

२०७५, असोज २१ आइतबार |

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष उक्त प्रतिष्ठानका नवनियुक्त कुलपति गंगाप्रसाद उप्रेतीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। उनी आजै उक्त पदमा नियुक्त भएका थिए। सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्य सचिव जगप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई परिवर्तित समयअनुसार गतिशील र आधुनिक बनाउन आग्रह गर्दै असाधारण प्रकृतिका कला, संस्कृति, मूल्य र मान्यतालाई संरक्षण गर्न नेतृत्व तहले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले प्रतिष्ठानले कृति प्रकाशनको संख्या वृद्धिभन्दा पनि गुणात्मक सिर्जना प्रकाशनमा ध्यान दिन तथा संस्थाको गरिमा र मर्यादा बढाउन पनि सुझाव दिए। प्रतिष्ठाननलाई विवादरहित बनाई सबै विधा र पक्षको विकास गरी त्यसलाई सांस्कृतिक रूपान्तरणमा लाग्न पनि उनले निर्देशन दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत अन्य पदाधिकारीको उक्त अवसरमा उपस्थिति थियो।

109 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस