२०७६, साउन ०६ सोमबार

प्रदेश २ मा जुडशितल पर्वको अवसरमा आज सार्वजनिक विदा

२०७६, बैशाख ०२ सोमबार |

धनुषा – प्रदेश २ सरकारले आज अर्थात वैशाख २ गते जुडशितल पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।आन्तरिक मामिला तथा कानुनमन्त्रीले विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराउनु भएको हाे ।

मिथिलाञ्चलमा नयाँ वर्षलाई स्वागत गर्ने जुडशितल पर्व धुमधामसँग मनाउने गरिन्छ । यस पर्वमा उमेर र मर्यादामा ठूला व्यक्तिले सानालाई शीरमा पानी सिंचित गर्दै वर्षभरी शीतलता, सुख, शान्ति, एवं दिर्घायुको कामना गरी आशिर्वाद दिने चलन छ । यस्तै रुख, विरुवाहरुमा पानी हाल्नुको साथै खेतमा मलजल गर्ने गरिन्छ । जुडशितलको दिन मिथिलाञ्चलमा थालपानी खेलिन्छ भने घरघरमा मिष्ठान्न परिकार बनाएर खाने चलन छ ।

67 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार