२०७५, पुष ०३ मङ्गलबार

प्रदेश–३ मा पाँच विधेयक पारित

२०७५, मङि्सर १२ बुधबार |

हेटौंडा –  प्रदेश नम्बर–३ को प्रदेशसभाबाट पाँचओटा विधेयकहरु पारित भएका छन् ।

सभाबाट प्रदेश सन्चारसम्बन्धी विधेयक, प्रदेश संस्था दर्ता व्यवस्थासम्बन्धी विधेयक, प्रदेश प्राविधिक शिक्षा परिषद स्थापनासम्बन्धी विधेयक, प्रदेश खेलकुद विकास व्यवस्थासम्बन्धी विधेयक र प्रदेश सन्चालन कोष स्थापनासम्बन्धी विधेयक पारित भएका हुन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकले यी विधेयक पारित गरेको हो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा विधेयकको नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गरी विधेयक पारित गरेका हुन् ।

सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

43 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०७५, पुष ०३ मङ्गलबार

शेयर फेरी दोहोरो अंकले घट्यो

२०७५, पुष ०३ मङ्गलबार