२०७६, असार ०३ मङ्गलबार

बायर्न म्युनिखलाई घरेलु फुटबल प्रतियोगिताको उपाधि

२०७६, जेठ १२ आइतबार |

बायर्न म्युनिखले घरेलु फुटबल प्रतियोगिताको उपाधि जितेको छ । १२ औं पटक बुन्डेस लिगाको उपाधि जितिसकेको बायर्नले शनिबार राति जर्मन कपको उपाधि जितेको हो ।बर्लिनमा भएको फाइनलमा आरबी लेइपजिङलाई तीन शून्यले हराउँदै बायर्नले जर्मन कपको उपाधि उचाल्यो ।एकतर्फी बनेको फाइनलमा जित दिलाउन बायर्नका लागि रोबेर्ट लेवान्दोस्कीले दुई गोल गरे । खेलको २९ औं मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्यनले ७८ औं मिनेटमा कोमनको गोल मार्फत खेलमा दुई शून्यले अगाडी रह्यो । त्यसपछि ८५ औं मिनेटमा पुनः लेवान्दोस्कीले नै बार्यनका लागि तेस्रो गोल गरे ।यता लेइपजिङले पनि केहि गोलका सुन्दर अवसर पाएपनि बार्यनका गोलकिपर मानुयल नुयर बाधक बने । यसका साथै यो सिजनपछि बार्यनबाट बाहिरीने तयारीमा रहेका आर्यन रोवेन र फ्रांक रिवेरीको बिदाइ पनि सुखद भएको छ ।

31 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार