२०७५, चैत ०५ मङ्गलबार

बार्सिलोनाले रायो भायकानोलाई ३–१ हरायो

२०७५, फागुन २६ आइतबार |

काठमाडौं- स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रायो भायकानोलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना ३–१ ले विजयी भयो । बार्साका लागि जेरार्ड पिके, लियोनल मेस्सी र लुईस सुवारेजले एक–एक गोल गरे ।

ला लिगा फुटबलकै अर्को खेलमा एथ्लेटिको मड्रिडले लेगानेजलाई १–० ले हराउँदा गेटाफेले हुएस्कामथि २–१ को जित निकाल्यो । गएराति डेपोर्टिभो आलाभेज र आईबारले १–१ गोलको बराबरी खेलेका छन् । ला लिगा फुटबलमा आज राति रियाल मड्रिडले रियाल भालाडोलिडसँग खेल्नेछ । गएरातिका खेलपछि स्पेनिस लिग फुटबलमा २७ खेलबाट ६३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।समान खेलबाट ५६ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियाल मड्रिड ४८ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

42 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार