२०७६, साउन ०६ सोमबार

बिपी प्रतिष्ठान धरानका उपकुलपति ८ लाख घुससहित रंगेहात पक्राउ

२०७६, असार २७ शुक्रबार |

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई घुससहित रंगेहात पक्राउ गरेको छ।रौनियारद्वयले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग ८ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले रौनियारद्वयलाई घुस रकमसहित धरानस्थित कार्यालय परिसरको उपकुलपतिको निवासबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए।

43 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार