२०७५, माघ ०८ मङ्गलबार

ब्रिसबेन ओपन टेनिसबाट एन्डी मुर्रे बाहिरिए

२०७५, पुष १९ बिहिबार |

बेलायती खेलाडी एन्डी मुर्रे अष्ट्रेलियामा जारी ब्रिसबेन ओपन टेनिसबाट बाहिरिएका छन् ।मेलबर्नमा बुधबार राति भएको खेलमा मरे रसियन खेलाडी डानिल मेदभेदेभसँग दुई–शून्यको सोझो सेटमा पराजित भए । हाल विश्व वरीयतामा दुई सय ४० औँ स्थानमा रहेका मुर्रे २२ वर्षीय डानिलसँग ७–५ र ६–२को सेटमा पराजित भए ।

कुल ८० मिनेटसम्म कोर्टमा रहेका मरेले पहिलो सेट ७–५ले हारे भने दोस्रो सेट ६–२ले गुमाउन पुगे । चोटका कारण अघिल्लो वर्ष अधिकांश समय कोर्टबाहिर रहेका मरेले आफ्नो टेनिस करियर कहिलेसम्म चल्ने हो आफूलाई नै थाहा नभएको बताए ।

45 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

नेकपा अध्यक्ष दाहाल अस्वस्थ

२०७५, माघ ०८ मङ्गलबार