२०७६, असार ०३ मङ्गलबार

भारतमा बिहीबारबाट मतगणना गरिने

२०७६, जेठ ०६ सोमबार |

नयाँ दिल्ली – भारतमा आइतबार सम्पन्न सातौं चरणको लाेकसभा चुनावमा ६१.१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले गरेको छ ।आइतबार चन्डीगढ र सात राज्यका ५९ सीटका लागि मतदान भएका थिए । एक महिनाभन्दा बढी समय अवधि लगाएर सम्पन्न चुनावमा करिब ९० करोड भारतीय मतदाता मतदानका लागि योग्य रहेका थिए ।चुनावका लागि दश लाख मतदान केन्द्र तोकिएको थियो । मत परिणाम मे २३ पछि सार्वजनिक गर्ने तालिका निर्वाचन आयोगको रहेको छ ।यस चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको नेशनल डेमोक्रेटिक एलाएन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाएन्स (युपीए)बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको विभिन्न सर्वेक्षणले देखाएका छन् ।

50 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार