२०७६, असार ०३ मङ्गलबार

भारतीय लोकसभा चुनावको मतगणना आजबाट

२०७६, जेठ ०९ बिहिबार |

भारतीय लोकसभा चुनावको मतगणना आजबाट सुरू हुदैछ ।  सबै चरणको मतदान सकिएपछि बिहीबार गणना हुन लागेको हो । ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम चरणमा मतदान सम्पन्न भएको हो । ५४२ सिटका लागि ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

बिहीबार ८ हजार ४९ उम्मेदवारको भाग्य फैसला हुँदैछ । अन्तिम चरणको मतदान सकिएपछिको एक्जिट पोल भनिने प्रारम्भिक चुनावी नतिजा अनुमानमा सत्तारुढ भारतीय जनता पार्टीलाई नै बहुमत आउने देखिएको छ । तर यसमा कुनै पनि सत्यता नभएको विपक्षी पार्टी कांग्रेसले बताउँदै आइरहेको छ । चुनावमा बहुमत जित्न कुनै एक पार्टी वा गठबन्धनले कम्तीमा २७२ सीट जित्नुपर्नेछ । सन् २०१४ मा भाजपाले २८२ सीट जितेको थियो । यो वर्ष भारतको चुनावमा ९० करोड योग्य मतदाता थिए । मतयणना स्थानीय समय अनुसार बिहीबार बिहान ८ बजेदेखि हुनेछ ।

55 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

लागुऔषधसहित छ पक्राउ

२०७६, असार ०२ सोमबार

मनसुन एक साता ढिलो भित्रिने

२०७६, जेठ २७ सोमबार