२०७५, चैत ०५ मङ्गलबार

भूगोलको आधारमा बजेट विनियोजन गर्छौं – अर्थमन्त्री ज्वाला

२०७४, चैत १७ शनिबार |

सल्यान- कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा भूगोलका आधारमा बजेट विनियोजन गर्ने बताउनुभएको छ । जनसंख्याको आधारमा बजेट विनियोजन गर्दा विकास सन्तुलित रुपमा नहुने भएकाले प्रदेश सरकारले भूगोल र आवश्यकताका आधारमा बजेट विनियोजन गर्न लागेको बताउनुभएको हो ।

आज वागचौर नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लासँग समन्वय गरेर कामचलाउ बजेट विनियोजनको तयारीमा लागेको उहाँले बताउनुभयोे । “तत्कालका लागि कामचलाउ बजेट ल्याउने तयारी भइरहेको छ असारलगत्तै पूरक बजेट ल्याइनेछ । प्रदेशमा हुने काम कारवाहीमा समस्या नहोस् भन्नका लागि आंशिक बजेट ल्याउन थालिएको हो”, ज्वालाले भन्नुभयो ।

अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश निकै आत्मनिर्भर भएको दाबी गर्दै मन्त्री ज्वालाले यहाँको जलस्रोत, जडीबुटी, धार्मिक एवं पर्यटकीयस्थललाई प्रचार र उपयोगमा ल्याउन सके कर्णाली प्रदेशलाई आर्थिक, सामाजिक हिसाबले आत्मनिर्भर बन्नबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेशलाई विकसित गराउनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । कर्णाली प्रदेश हिराको डल्ला हो उक्त हिरालाई प्रयोगमा ल्याउन जरुरी छ ।”

अहिले प्रदेश सरकारले कानून बनाउने कार्यमा जुटेको मन्त्री ज्वालाले जानकारी दिनुभयो । “हामी अहिले कानून बनाउन लागिपरेका छौँ कानूनको अभावमा गर्न नसकिएका सबै क्रियाकलाप कानून बनेपछि सहज हुनेछ”, मन्त्री ज्वालाले भन्नुभयो ।

305 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार