२०७६, साउन ०६ सोमबार

मेसीकोअर्जेन्टिनालाई २–० गोलले हराउँदै ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा

२०७६, असार १८ बुधबार |

ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई २–० गोलले हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो। ब्राजिलका लागि गाब्रियल जिसस र रोबर्टो फिर्मिनोले १–१ गोल गरे। पहिलो हाफको १९ औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै आयोजक ब्राजिललाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले अगाडि रहेको आयोजक ब्राजिलले खेलको ७१ औं मिनेटमा ब्राजिलका राबर्टो फिर्मिनोले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। अर्जेन्टिनका कप्तान मेसीले प्रहार गरेको गोल ब्राजिलले गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए। ब्राजिलले फाइनलमा चिली र पेरुबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा चिली र पेरुबीचको खेल बिहिबार विहान हुने छ।

26 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

समृद्धिको बाधक भ्रष्टाचार

२०७६, साउन ०१ बुधबार

‘जबज’ को सान्दर्भिकता

२०७६, असार २९ आइतबार