२०७५, साउन ०६ आइतबार

मेस्सी भित्र्याउने रियल मड्रिडको असफल प्रयास

२०७४, पुष २९ शनिबार |

सन् २०१३ मा स्पेनिस ला लिगा क्लब रियल मड्रिडले ग्यारेथ बेललाई कीर्तिमानी मूल्यमा क्लब भित्र्याउनु पूर्व अर्का स्टार खेलाडीलाई क्लब ल्याउने प्रयास गरेको थियो । ति खेलाडी हुन्, बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी ।
फुटबल लिक्सले सार्वजनिक गरेको प्रमाणका आधारमा डेर स्पिइगेलमा छापिएको खबरमा रियल मड्रिडले वर्षको २३ मिलियन युरो पारिश्रमिक दिने गरी मेस्सीलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेको थियो । सन् २०२१ सम्म नै २३ मिलियन युरो पारिश्रमिक दिने तथा दुई सय ५० मिलियन रिलिज क्लब राखेर रियल मड्रिडले मेस्सीलाई क्लब भित्र्याउने प्रयास गरेको थियो । यस्तै मेस्सीको एजेन्ट पनि रहेका उनका पिता जर्ज मेस्सीलाई थप १० लाख युरो दिने प्रस्ताव पनि रियलले गरेको थियो ।
रियल मड्रिडले उनका वकिल इनिगो ख्वारेज मार्फत मेस्सी र उनका पितासम्म प्रस्ताव पुर्‍याएको थियो । रियल मड्रिडले निजी जेटमा मेस्सी, क्लबका अध्यक्ष फ्लोरेन्टिनो परेज, मेस्सीका वकिल ख्वारेज, रियलका स्पोर्टिङ निर्देशक मिगुएल पार्डेजा र क्लबका वकिलसहितमो बैठक गर्ने तयारी पनि गरेको थियो ।
रियल मड्रिडले ख्वारेजसँग मेस्सी क्लबमा आए स्पेनिस प्रधानमन्त्री मारियानो रोजोयलाई भनेर मेस्सीमाथि लागेको करछलीको आरोप र त्यसमा भइरहेको अनुसन्धान रोक्ने प्रतिबद्धता पनि गरेको खबरमा दाबी गरिएको छ । तर रियल मड्रिडले भने दाबी अस्वीकार गरेको छ । तर मेस्सीलाई क्लब भित्र्याउने रियलको प्रयास सफल भने भएन ।

44 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

दुर्घटनामा दुईजनाको मृत्यु

२०७५, साउन ०६ आइतबार

कानुनमन्त्रीले मागे क्षमा

२०७५, साउन ०६ आइतबार

राजश्व संकलनमा बृद्धि

२०७५, साउन ०६ आइतबार

१ करोड ७८ लाख बढी राजश्व संकलन

२०७५, साउन ०६ आइतबार

झापामा ६२ प्रतिशत रोपाइँ

२०७५, साउन ०६ आइतबार