२०७५, साउन ०६ आइतबार

मोटरसाइकको ठक्करबाट मृत्यु

२०७४, पुष २९ शनिबार |

जुम्ला –  मोटरसाइकलको ठक्करबाट घाइते भएकी चन्दननाथ–९ तलिउम गाउँकी ४० वर्षीया नरकली गिरीको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।

उनलाई बुधबार नेपाल दूरसञ्चार शाखा कार्यालय जुम्ला अघि क १ प ४९ नं को मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेकी गिरीको उपचार गर्ने शर्तमा चन्दननाथ नगरपालिका–६ जुम्लाका १९ वर्षीय चालक टेकेन्द्र रोकायालाई प्रहरीले छोडेको थियो ।

घाइते गिरीको स्वास्थ्यमा सुधार नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले शुक्रबार नेपालगञ्ज रिफर गरेको थियो । रिफर गरिएकी गिरीलाई नेपालगञ्ज लैजाँदै गर्दा जुम्ला विमानस्थलमा उनको मृत्यु भएको प्रतिष्ठानका मेडिकल निर्देशक डा पूजन रोकायाले जानकारी दिनुभयो ।

घाइतेको मृत्युपछि चालक रोकाया र मोटरसाइकल दुवै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतकका आफन्तले भने गिरीको उपचारमा लापर्बाही गरेको भन्दै शुक्रबार बेलुका प्रतिष्ठानप्रति आक्रोश पोखेका छन् ।

उनीहरुले मृतकको परिवारका लागि उचित राहतको व्यवस्था गर्ने समझदारी नभएसम्म शव नबुझ्ने चेतावनी दिएका छन् । जसका लागि आज जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय, प्रतिष्ठान र पीडित पक्षबीच वार्ता हुने प्रतिष्ठानले जनाएको छ ।
–रासस

38 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

दुर्घटनामा दुईजनाको मृत्यु

२०७५, साउन ०६ आइतबार

कानुनमन्त्रीले मागे क्षमा

२०७५, साउन ०६ आइतबार

राजश्व संकलनमा बृद्धि

२०७५, साउन ०६ आइतबार

१ करोड ७८ लाख बढी राजश्व संकलन

२०७५, साउन ०६ आइतबार

झापामा ६२ प्रतिशत रोपाइँ

२०७५, साउन ०६ आइतबार