२०७६, बैशाख १० मङ्गलबार

म्यानचेस्टर युनाइटेड विजयी

२०७६, बैशाख ०१ आइतबार |

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेडमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ ।यो जीत सँगै म्यानचेस्टर युनाइटेडको शीर्ष चारमा पर्ने सम्भावना जीवित रहेको छ ।लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा पउल पोग्बाले पेनाल्टी मार्फत गरेको दुई गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामलाई पराजित गर्न सकेको हो ।१९ औँ मिनेटमा पाएको पेनाल्टीमा पोग्बाले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । वेष्ट ह्यामका लागि ४९ औँ मिनेटमा फिलिपे एन्डर्सनले बराबरी गोल फर्काए ।तर ८० औँ मिनेटमा फेरि म्यानचेस्टर युनाइटेडले पेनाल्टी पायो । पोग्बाले गोल गर्दै टिमलाई २–१ को जित दिलाए । जितपछि ३३ खेलबाट ६४ अंक जोडेको युनाइटेड पाँचौँ स्थानमा उक्लिएको छ । उ चौथो स्थानको चेल्सीभन्दा दुई अंकले पछि छ ।

49 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस