२०७५, मङि्सर ०२ आइतबार

यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका डेनिश मुक्वेगे र इराककी नादिया मुरादलाई

२०७५, असोज १९ शुक्रबार |

काठमाडौँ – विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल शान्ति पुरस्करको घोषणा भएको छ । नर्वेको ओस्लोस्थित नोबेल कमिटीले शुक्रबार यो पुरस्कार क‌ंगोका डेनिश मुक्वेगे र इराककी नादिया मुरादलाई दिने घोषणा गरेको हो ।

मुराद सन् २०१४ मा आईएसआईएस प्रभावित क्षेत्र उत्तरी इराकको कोचोस्थित आफ्नै घरबाट अन्य याजिदी महिलाहरुसँगै अपहरणमा परेकी थिइन् । सन् १०१६ मा यूएनको प्रतिष्ठित मानिने ‘साखारोभ मानवअधिकार पुरस्कार’ विजेता बनिन् ।

त्यही वर्ष उनले यूएनको अर्को पुरस्कार, ‘भेस्लेभ हाभेल ह्यूमन राइट्स प्राइज’ समेत पाइन् । मुरादले यौन हिंसासँगै युद्धका कारण निकै ठूलो पारिवारिक बज्रपात बोहेर्नुपरेको थियो । यस क्रममा उनले आफ्ना ६ जना दाजुभाइ र आमालाई गुमाउनु पर्यो ।

आईएसआईएस जिहादीले गाउँका पुरुषको हत्या र महिलालाई यौन हिंसा गर्ने क्रममा मुराद पनि त्यसै घटनाको शिकार बनेकी हुन् । यस क्रममा उनको परिवार पनि क्षतबिक्षत बनेको थियो ।

२५ वर्षीया मुराद नोबेल पुरस्कार पाउने अहिलेसम्म दोस्रो कान्छी विजेता हुन् । यसअघि पाकिस्तानी किशोरी मलाला यूसफजाइले १७ वर्षको उमेरमै नोवेल पुरस्कार पाएकी थिइन् ।

208 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस