२०७५, चैत ०५ मङ्गलबार

रियाल मड्रिडका मुख्य प्रशिक्षक पुनः जिदान

२०७५, फागुन २८ मङ्गलबार |

काठमाडौं – फ्रान्सका फुटबल हस्ती जिनेदिन जिदान पुनः स्पेनिस क्लब रियाल मड्रिडका मुख्य प्रशिक्षक बनेका छन् ।लगातार खराब प्रदर्शन गर्दै आएको रियाल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई क्लबको जिम्मेवारी दिएको हो ।

रियालले सामाजिक सञ्जालबाट सोलारीलाई बर्खास्त गर्दै जिदानलाई नियुक्त गरेको जनाएको छ । जिदान क्लब छाडेको १० महिनापछि पुनः रियाल मड्रिड फर्किएका हुन् ।रियालसँग जिदानले सन् २०२२ सम्मको सम्झौता गरेका छन् ।रियाल मड्रिडलाई लगातार तीन सिजन युएफा च्याम्पियन्स लिग जिताएपछि जिदालने गत मे महिनामा क्लब छाडेका थिए ।यसअघि उनले एउटा खेलाडी र प्रशिक्षकको रुपमा रियाल मड्रिडलाई झन्डै एक दर्जन उपाधि जिताएका थिए । जिदानले जिम्मेवारी समाले पनि यो सिजन भने रियाल मड्रिड उपाधिबिहिन हुने देखिएको छ ।रियाल च्याम्पियन्स लिग र कोपा डेल रे फुटबल प्रतियोगिताबाट बाहिरिसकेको छ भने स्पेनिस लिगमा शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछि छ ।

47 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार