२०७५, चैत ०५ मङ्गलबार

लिभरपुलको अपराजित यात्रा रोकियो, सिटी २–१ ले विजयी

२०७५, पुष २० शुक्रबार |

इंग्लिस प्रिमियर लिगमा लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित भएपछि उपाधिको होड थप रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा लिग लिडर लिभरपुल सिटीसँग दुई–एक गोलले पराजित भयो । इत्तेहाद स्टेडियममा भएको निकै रोमाञ्चक खेलको पहिलो आधा घण्टा गोलरहित बराबरी भएको थियो । तर ४० औँ मिनेटमा सिटीका सर्जियो अगुइरोले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक–शून्यले अगाडि रहेको सिटीविरुद्ध ६४ औँ मिनेटमा लिभरपुलका लागि रोबेर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । तर ७२ औँ मिनेटमा सिटीले फेरि खेलमा अग्रता बनायो । यसपटक उसका लागि जर्मन खेलाडी सानेले गोल गर्न सफल भए । त्यसपछि लिभरपुलले खेलमा फर्कन दुईवटा सुन्दर मौका पाए पनि सफल भएन । जसका कारण उसले सिजनको पहिलो हार व्यहोर्न पुग्यो । यो हारपछि सिटीले लिभरपुलसँगको अन्तर चार अंकमा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ ।

 

62 पटक हेरिएको

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

नयाँ समाचार

सबै हेर्नुहोस

शुक्रबारदेखि ब्रुमरबाट सडक सफा

२०७५, चैत ०५ मङ्गलबार

अवैध सुनसहित चार पक्राउ

२०७५, चैत ०५ मङ्गलबार

सागबाट एक लाखभन्दा बढी कमाइ

२०७५, चैत ०४ सोमबार